सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथका जेष्ठ नागरिकलाई निःशुल्क आँखा शिबिर

बाँकेको बैजनाथ गाउँपालिका वडा न.ं ७ को कार्यालयले फतेवाल आँखा अस्पताल नेपालगञ्जको समन्यवमा जेष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा जाँच शिबिर आयोजना गरेको छ ।

बैजनाथ गाउपालिका वडा नं. ७ मा थारु समुदायको बाहुल्यता रहेको छ । यस समुदायका दुई सय जेष्ठ नागरिकहरुको आँखा जाँच गर्दा ५६ जनामा मोतिबिन्दु भेटिएको बैजनाथ गाउपालिका वडा नं. ७ का अध्यक्ष दिनेशकुमार थारुले बताए ।

समयमा आँखा जाँच नगर्दा जटिल प्रकारको मोतबिन्दु हुने गर्दछ । अन्तिम समयमा आँखाको अप्रेशन गर्नु र्ने अवस्था सृजना हुने चिकित्सकले बताएका छन् ।

मोतीबिन्दु देखा परेका बिरामीहरुलाई निःशुल्करुपमा अप्रेशन गरिने भएको हुँदा यस शिबिरबाट फाइदा लिनका लागि वडा अध्यक्ष दिनेशकुमार थारुले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १८:०७