सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको तयारी तीब्र

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेशमा पनि सरकार गठनको आन्तरिक तयारी सुरु भएको छ ।

प्रदेशमा सबैभन्दा ठूलो दल रहेको एमालेले सरकारको नेतृत्व गर्ने गरी तयारी अघि बढेको हो । तर, सातवटै प्रदेश सरकार भागबण्डाका आधारमा मिलाउँदा तलमाथि भने हुनसक्ने नेताहरु बताउँछन् ।

८७ सदस्यीय प्रदेशसभामा एमालेले एक्लै २९ सिट जितेको छ । प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेसँग १८ जना प्रत्यक्ष र ११ जना गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन् ।

त्यसैगरी तेस्रो ठूलो दलको रुपमा रहेको नेकपा माओवादी केन्द्रसँग ६ जना प्रत्यक्ष र तीन जना समानुपातिक गरी नौजना सांसद छन् ।

यसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना, नागरिक उन्मुक्ति पार्टीका चार जना, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका तीन–तीन जना, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका एक-एक जना सांसद रहेका छन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १७:५६