सूचनाको शक्ति - The Power Of Information

        

सत्ताको पहिलो क्लासमै विरक्तिएर सिके राउतले लेखे, ‘मेरो नियति !’

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्ताको पहिलो क्लासमै ज्ञान र वितृष्णा पाएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) सात दल र केही स्वतन्त्र सांंसदसिहतको सरकार गठन भएको छ । सरकार गठनका लागि आइतबार दिउँसो बालकोट पुगेका राउतले सत्ताको पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला भन्ने नसोचेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सत्ताको पहिलो कक्षाबाट विरक्त लागे पनि काँधमा जनताको अपेक्षा र जिम्मेवारी भएकै कारण आफू बाध्य भएर सत्ताको खेलमा लागेको आशय उनले पोखेका छन् । आइतबार दिउँसो बालकोट बैठकमा बसेका राउतले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सत्ताको पहिलो क्लास (आज) मै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन । बस् म त सुनिरहें ।’

उनले अगाडी लेखेका छन्, ‘काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला । तर, आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति ।’ उनी नेतृत्वको जनमत पार्टीको समर्थनसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन् ।

सत्ताको पहिलो क्लास आज – पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन । बस म त सुनिरहें ।
काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेबारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला ।
तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ११:०३