सूचनाको शक्ति - The Power Of Information

        

नेपाल टी–ट्वान्टी क्रिकेट : आज दुई खेल हुँदै

नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा आइतबार दुई खेल हुँदैछन् ।

आइतबारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्सको सामना गर्दैछ । खेल बिहान सवा ९ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा शनिबार फार वेस्टर्न युनाइटेडलाई ६७ रनले हराएको लुम्बिनी आइतबार लगातार दोस्रो जितको खोजीमा छ ।

लुम्बिनीको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरेका छन् भने विराटनगरको कप्तानी रोहित पौडेलले गरेका छन् ।

आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर रोयल्सको सामना गर्नेछ । खेल दिउँसो सवा १ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा जनकपुरको यो पहिलो खेल हो भने पोखराको दोस्रो खेल हो ।

शनिबार भएको पहिलो खेलमा पोखरालाई काठमाडौं नाइट्सले २६ रनले हराएको थियो ।

पोखराको कप्तानी शरद भेषावकरले गरेका छन् भने जनकपुरको कप्तानी सोमपाल कामीले गर्दैछन् ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।

प्रकाशित मिति : १० पुष २०७९, आइतवार ०९:०५