सधैं जसो विदेश जाने र स्वदेश फर्किने यात्रुहरुको चहलपहल हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारको दृष्य केही फरक देखियो ।
स्वदेशी तथा विदेशी हवाई कम्पनीका जहाजहरुले सधैं झैं हजारौं यात्रुहरुलाई गन्तव्यमा पुर्याउँदै थिए । त्यसै क्रममा दक्षिण कोरियाबाट नेपाल आएको एसियाना एयरलाइन्सले भने यात्रु होइन, सुन्दर गाईका बाच्छीहरु ल्याएको देखियो ।
विमानस्थलमा रहेका केहीले हवाइजाहाज मार्फत बाच्छी ल्याएकामा एकछिन विश्वासै गर्न सेकनन् । तर, वास्तविकता त्यही नै थियो ।
दक्षिण कोरियाबाट ४२ बटा बाच्छी र केही साँढे बोकेर कोरियाबाट ४२ वटा बाच्छी र केही साँढे बोकेर एसियाना एयरलाइन्सको नहाज साँझ करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
नेपालले कोरियाबाट सहयोग स्वरुप पाउन लागेका १ सय १ कोरली बाच्छी र २० वटा साँढे मध्ये पहिलो खेप बिहीबार आएको हो ।
सत्यपाटी संवाददाता । काठमाडौँ