नवनिर्वाचित प्रतिनिधि सभाका सांसदरूको आगामी ५ वर्षे कार्यकाल बिहिबारबाट सुरू भएको छ ।
सांसदहरूले पद तथा गोपनियताको शपथ ग्रहण लिएसँगै कार्यकाल प्रारम्भ भएको हो ।
प्रतिनिधि सभाका सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नयाँ बानेश्वरस्थित संघीय संसद हलमा पद तथा गोपनियताको शपथ खुवानुभयो ।
नेपालको संविधाको धारा ८८ बमोजिम संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानूनबमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेकाे छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ