सूचनाको शक्ति - The Power Of Information

        

साताको अन्तिम दिन नेप्से स्थिर

साताको अन्तिम दिन शेयर बजार स्थिर रहेर थामियो ।

उतार चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले मात्र रातो रहेर १८ सय ६७ दशमलब दुई एक कायम भयो ।

कारोबार सामान्य सुधारिएर अर्ब माथि पुग्यो । अन्य समूहमा दोहोरो अंकले वृद्धि, वाणिज्य बैंक र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहँदा बाँकी अधिकांशजसो समूह सामान्य दोहोरो अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ४७ कम्पनीको ३१ लाख कित्ता शेयर १ अर्ब १२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन पनि सृजनशील लघुवित्त र धौलागिरी लघुवित्तका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।

यस दिन ४० प्रतिशत नगदा लाभांश घोषणा गरेको नेपाल दुरसञ्चार कम्पनीको शेयर मूल्य नै ३६ रुपैयाँले बढेसंगै अन्य समूहको सूचक ३० अंकले उकालो लागेको हो ।

यस दिन एनटीसीको मात्र १५ करोड बराबरको कारोबार भएकोछ ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १९:१७