सूचनाको शक्ति - The Power Of Information

        

म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा

बर्नलेलाई हराउँदै म्यान्चेस्टर युनाइटेड काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले बर्नलेलाई २–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

युनाइटेडका लागि क्रिश्चियन एरिक्सन र मार्कस रास्फोर्डले एक एक गोल गरे ।

बुधबार राति भएको अर्को खेलमा ब्ल्याकबर्न रोभर्सलाई ४–१ ले हराउँदै नटिङ्घम फरेष्ट पनि क्वार्टरफाइनलमा उक्लियो । यसैगरी ब्राइटनलाई पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै चार्लटन एथ्लेटिक पनि प्रतियोगिताको क्वार्टफाइनलमा प्रवेश गरेको छ ।

काराबाओ कप फुटबलको अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा बिहीबार राति दुई उपाधि दावेदार टोलीहरु म्यान्चेस्टर सिटी र लिभरपुल भिड्नेछन् । यो खेल म्यान्चेस्टर सिटीको मैदानमा हुनेछ ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ०८:३१