विश्वकप फुटबल सकिएसँगै विश्वभर घरेलु लिग तथा अन्य फुटबल प्रतियोगिताहरु सुरु भएका छन् ।
इंग्ल्याण्डमा काराबाओ कप अर्थात इ.एफ.एल कप फुटबलका प्रि–क्वार्टरफाइनल खेलहरु जारी छन् ।
मंगलबार राति भएका खेलमा जित निकाल्दै प्रिमियर क्लबहरु लेष्टर सिटी, न्युकासल युनाइटेड, साउथह्याम्पटन र वुल्भरह्याम्पटन वान्डरर्स क्वार्टरफाइनलमा पुगेका छन् ।
न्युकासल युनाइटेडले प्रिमियर लिगको प्रतिद्वन्द्वी बर्नमाउथलाई १–० ले हराउँदा लेष्टर सिटीले तेस्रो डिभिजन अर्थात लिग वानको एम.के डन्सलाई ३–० ले पराजित गरेको छ ।
यसैगरी, साउथह्याम्पटनले पनि लिग वानकै टोली लिंकन सिटीलाई २–१ ले पराजित गर्दा वुल्भरह्याम्पटन वान्डरर्सले लिग टु अर्थात चौथो डिभिजनको क्लब गिलिङ्घमलाई २–० ले पाखा लगायो ।
इंग्लिस फुटबलमा शिर्ष डिभिजनको प्रिमियर लिगदेखि सातौं डिभिजनको नर्दन एण्ड साउदर्न प्रिमियर लिगसम्मका टोलीहरुले काराबाओ कपमा प्रतिस्पर्धा गर्ने गरेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ