सूचनाको शक्ति - The Power Of Information

        

धादिङमा बस र माईक्रोबस ठोक्किदा एक जनाको ज्यान गयो, १४ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै बस र माईक्रोबस ठोक्किदा एक जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् ।

भैरहवाबाट काठमाण्डौका लागि छुटेको लु २ ख २६४४ नम्बरको बस र काठमाण्डौबाट धादिङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माईक्रोबस हिजो बेलुका एकआपसमा ठोक्कीएर दुर्घटना भएको हो ।

दुर्घटनामा माईक्रोबसमा रहेकी एक महिलाको ज्यान गएको र ज्यान गुमाउनेको परिचय नखुलेको धादिङका प्रहरी प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो  ।

दुर्घटनामा माईक्रोबसमा रहेका ११ जना र बसमा सवार ४ जना यात्रु घाइते भएका छन् । घाइते माईक्रोबसमा रहेका यात्रुलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

अरु सामान्य घाइतेको गजुरीमा उपचार भएको छ ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार ०७:५१