सूचनाको शक्ति - The Power Of Information

        

ट्विटर प्रयोगकर्ताले एलन मस्कको विपक्षमा मतदान गरे

ट्विटर प्रयोगकर्ताले ट्विटरका मालिक एलन मस्कलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट हटाउने पक्षमा मतदान गरेका छन् ।

ट्विटर खरिदपछि आफैँ सीईओ बनेका मस्कले के म ट्विटरको प्रमुख पदबाट हट्नुपर्छ ? भनेर प्रश्न राख्दै हो वा होइनमा क्लिक गर्न आह्वान गर्नुभएको थियो । ट्विटरका एक करोड ७५ लाख प्रयोगकर्ताले मतदान गरेकामा ५७ दशमलव ५ प्रतिशतले मस्कको विपक्षमा मतदान गरेका छन् । मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका समेत मालिक हुनुहुन्छ ।

अक्टोबर २७ मा ट्विटरको प्रमुख भएदेखि मस्क बारम्बार विवादमा आइरहनुभएको छ । कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको, पत्रकारलाई प्रतिबन्ध लगाएको र पहिले निःशुल्क सेवाहरूका लागि अहिले शुल्क लिन खोजेपछि मस्कविरुद्ध आक्रोश बढेको छ ।

ट्विटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भविष्यमा आफू ट्विटरको जिम्मेवारीमा रहने वा नरहने राय लिन गर्नुभएको सर्वेक्षण पोस्ट गर्दै नतिजाको पालना गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । फलाेअर्ससँगको ट्विटर एक्सचेन्जमा मस्कले आफूसँग प्रयोगकर्ताको रायभन्दा फरक सोच तर अहिले ट्विटरलाई जीवन्त राख्न उत्तराधिकारी नभएको बताउनुभएको छ ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १८:४६