सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) संसदीय दलको नेता चयन गर्ने भएको छ ।

प्रतिनिधि सभामा चौथो दल बनेको रास्वपाको साेमबार बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने भएकाे हाे ।

नवनिर्वाचित सांसदहरुलाई बधाई दिन बाेलाइएकाे बैठक अहिले केही बेरमा सुरू हुने भएकाे छ । बधाई कार्यक्रमपछि बस्ने बैठकले दलको नेता चयन गर्ने रास्वपाले जनाएकाे छ ।

प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ गरी प्रतिनिधि सभामा २० सिट जितेको रास्वपाको दलको नेतामा पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता हुने निश्चित जस्तै भएकाे छ ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार ०९:११