सूचनाको शक्ति - The Power Of Information

        

गायिका पारु खड्काले ‘तिम्रै ज्यानको खाँचो छ,’ भनेपछि…

‘तिम्रै ज्यानको खाँचो छ,’ भन्दै नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका पारु खड्काले बजारमा नयाँ लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनीक गरेकी छन् । ‘तिम्रै ज्यानको खाँचो छ,’ भन्दै गायिका खड्काले मिलन फिल्म प्रोडक्सनमार्फत नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकी हुन् ।

उनका लोकदोहोरी गीतहरु सबै दर्शक तथा श्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीतसंगीत बजारमा ल्याइरहेकी गायिका खड्काले गत सातामात्रै लोकप्रिय गीत ‘ज्यान तिम्रै खाँचो छ’ को म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

गीत सार्वजनीक भएसँगै सांगीतिक क्षेत्रमा गायिका खड्काको चर्चा परिचर्चा भइरहेको छ । दोलखामा जन्मेकी गायिका खड्काले दर्जनौं गीतमा आफ्नो आवाज दिएर चर्चा बटुलिरहेकी छन् । पछिल्लो समय गत सातामात्रै सार्वजनीक भएको ‘तिम्रै ज्यानको खाँचो छ,’ गीतको म्युजिक भिडियो सार्वजनीक भएपछि गायिका खड्काले पुनः चर्चा बटुलिरहेकी छन् ।

खासगरी काठे क्षेत्रका गीत संगीतमा लगाव राख्ने गायिका खड्का दर्शक तथा श्रोताले सांगीतिक बजारमा निकै रुचाएकी गायिका मध्येमा पर्छिन् । माया प्रेममा बिछोडले भरिएका गीत साथै आफनो गाउँठाउँलाई समेटेर तयार गरिएका गीतहरुमा पनि उत्तिकै मिठास र सुमधुर आवाज दिएर गायिका खड्का चर्चित बनेकी छन् ।

‘तिम्रै ज्यानको खाँचो छ,’ गीतको शब्द गायिका खड्काको आफ्नै रहेको छ भने संगीत सन्तोष बिसीले भरेका छन् । गीतमा गायिका खड्का र सन्तोष बिसीको सुमधुर आवाज रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने कलाकारहरु अमोन राणा र सञ्चिता बोलाखे लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १०:१५