सूचनाको शक्ति - The Power Of Information

        

९० वर्षीया वृद्धाको ढुंगाले हानेर हत्या, एक जना पक्राउ

 प्रहरीले ९० वर्षीया वृद्धाको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-६ पुशलका ३९ वर्षीय नरेन्द्र शिवभक्ति रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

राहत दिइरहेको ठाउँ चिसापानी चप्पल कारखानातर्फ लैजाने क्रममा नरेन्द्रले महिलाको साथमा रहेको पैसा लिने मनसायले उनलाई ढुंगाले हिर्काई हत्या गरेर साथमा रहेको करिब ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको प्रहरीको भनाइ छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १६:४१