लामो समय जिरो कोभिड नीति लिएको चीनले आफ्नो नीति परिवर्तन गरेलगत्तै अस्पतालमा सहने नसकिने चाप देखिएको छ । अस्पतालहरूमा चिकित्सक र नर्सको माध्यम हुँदै अन्य रोगका बिरामीलाई कोभिड सर्ने जोखिम समेत देखिन थालेको छ ।
अस्पतालमा कर्मचारी अभाव भएपछि चिकित्सक र नर्सलाई सङ्क्रमण भए पनि अस्पताल बोलाउन थालिएको छ । अमेरिकाको याले विश्वविद्यालयमा भएका यसैको विषयमा विशेषता हासिल गरी रहेका चिनिया प्राध्यापकलाई देश बोलाइएको छ ।
राष्ट्रपति सी जिनपिङले अहिलेको डरलाग्दो अवस्थालाई हेरेर प्रक्षेपण गर्न नयाँ उपाय अपनाउन आवश्यक रहेको बताएका छन् । उनले यस बारेमा निर्देशकसँग कुरा गर्ने पनि बत्ताएका छन् । ‘अहिले चिकित्सककै कारण सबै बिरामी कोभिडको जोखिममा पर्न थालेका छन्,’ एक स्थानीयले बताएका छन् ।
चीनले अहिले सङ्क्रमणको दर एकदमै उच्च हुन थालेपछि ज्वरोको वार्डमा थपेको छ । भाइरस सङ्क्रमित भएका सबैलाई केही दिन अगाडीसम्म अस्पतालमा ल्याइने गरिएको थियो । पछिल्ला केही दिनमा यस नीति परिवर्तन भएको छ । तथापि सङ्क्रमित पनि गम्भीर लक्षण नभएमा घरमै बस्ने सूचना सबै कहाँ पुगी सकेको छैन ।
तसर्थ अस्पतालको यो शय्याको मात्रा तत्काल भरिन पनि सक्ने छ । प्राध्यापक चेनले अहिले आम मानिसलाई बुझाउन धेरै नै गर्न आवश्यक रहेको बताएका छन् । ‘अहिलेसम्म सामान्य लक्षण भएकालाई घरमै राख्ने कुरामा कोही मानसिक रूपमा तयार नै भएका छैनन्,’ उनले भने, ‘जब मानिसहरू बिरामी भएको महसुस गर्छन् त्यसपछि त अस्पताल गइनै हाल्छन् ।’
चीनका लागि सबै खुला गर्नु पूर्णरूपमा उपयुक्त त होइन । तथापि यो आवश्यक भइसकेको थियो । उनका अनुसार सिगापुर र न्युजील्यान्ड जस्ता देशले पनि सङ्क्रमण कम हुने बित्तिकै नीति परिवर्तन गरेका थिए ।
कम्पनीले कर्मचारी अस्पतालमा आउनका लागि परीक्षणको कुरा गरी रहेका छन् । तर, त्यो कुरा मानिरहेका छैनन् । केही सातासम्म सरकारले सङ्क्रमितलाई अस्पतालमा भर्ना हुने तथा केही भएमा अस्पताल गई हाल्ने कुरा बताएको थियो । त्यत्ति मात्र होइन आवश्यक समयमा लकडाउन गर्ने नीति पनि लिएको थियो ।
अहिले भने जिरो कोभिड नीतिबाट चीन पछाडि हटिसकेको छ । अहिले सलह झैँ कोभिडको सङ्क्रमण फैली रहेको छ । चीनले कडाइका मापदण्ड खुला गरे पछि बिस्तारै कोभिड फैलने अनुमान थियो । त्यसो नभएर एकदमै द्रुत गतिमा फैलन थाले पछि चीनमा अहिले समस्या थपिएको हो । स्वतन्त्रताको अनुभव गरेका उनीहरू सडकमा नै उत्रेका थिए ।
उनीहरू पूर्ण रूपमा स्वतन्त्रता चाहन्थे । राष्ट्रपति सीको राजीनामा माग गर्दै सडकमा उत्रेका उनीहरूको सुरक्षा निकायसँग झडप नै भएको थियो । यसै प्रदर्शनपछि जिरो कोभिड नीति हटेको थियो । चेनका अनुसार चीनका लागि सबै खुला गर्नु पूर्ण रूपमा उपयुक्त त होइन । तथापि यो आवश्यक भइसकेको थियो ।
उनका अनुसार सिगापुर र न्युजील्यान्ड जस्ता देशले पनि सङ्क्रमण कम हुने बित्तिकै नीति परिवर्तन गरेका थिए । सरकारको निर्णयले प्रदर्शनकारीको जितको आभास त दिएको छ । यो निर्णयसँगै वयोवृद्ध मानिसहरूमा एक किसिमको त्रास पनि उत्पन्न भएको छ । सबै नातिहरूसँग घरभन्दा बाहिर घुम्न निस्कने गरेकी एक महिला अहिले भिडबाट बच्न आफूलाई कठिन भई रहेको बताउँछिन् ।
तर, उनी लगातार मास्क लगाउने तथा हात धोइ रहने कुरामा सावधानी अपनाउँदै घरबाट बाहिर जाने गरेकी छिन् । समुदायमा धेरै रोगको सङ्क्रमण भएको क्षेत्रमा उनीहरूलाई जान मन नै लाग्दैन । यसै बिचमा बेइजिङको असर भने अझ धेरै छ । रेस्टुरेन्ट भने अझै खाली छन् ।
सहर तहको सरकारले त्यहाँभित्र बसेर खानका लागि कम्तीमा ४८ घण्टाभित्रको पिसिआर रिपोर्ट नेगेटिभ भएको प्रमाण पत्र खोज्ने गरेको छ । स्वास्थ्यसँग सम्बन्धित ए त तयार छ । तर, यसले एकदमै राम्रो नतिजा दिन सकेको छैन । संसारका धेरै देश पहिले नै यो बाटोमा गए पनि चीनले आनाकानी गर्नुका कारण बारे धेरैलाई अन्योल थपेको छ ।
यस कारण कोभिड बढी रहेको समयमा त्यहाँको ल्याबको असर पनि त्यत्तिकै छ । सङ्क्रमित भएकी ३४ बर्सिया एक महिला स्थिति सामान्य बन्न कठिन भई रहेको बताउँछिन् । उनी आफै भने गम्भीर लक्षण नभएको तथा त्यो सबै पाउन धेरै कठिन नभएको बताउँछिन् । घरमा नै श्रीमान् र उनलाई ठिक हुँदै गएको छ । एकदमै भिडभाड भएको क्वारेनटाइन भन्दा उनलाई यसैमा ठिक लागेको छ ।
उनका मनमा अन्य धेरै चिन्ता छ । दुई वटा साना सन्तान च्यापेर बसेकी बहिनी,गाउँमा छुट्टै रहेका अभिभावक र हजुर आमाको उनलाई एकदमै याद आइरहन्छ । सङ्क्रमण भए घरमै बस्ने निर्देशक चिकित्सकले दिएपछि उनीहरू पनि यसमा खसी हुन थालेका छन् । सङ्क्रमण बढ्दै गएपछि अस्थायी रूपमा बनाइएका आइसोलेसन केन्द्रलाई पनि अस्पतालको हिस्साको रूपमा प्रयोग गर्न थालिएको छ ।
बेइजिङमा एकै दिन २२ हजार जनाले क्लिनिकको आवश्यकता महसुस गरे पछि स्थिति असामान्य भएको हो । अहिले चीनको स्वास्थ्य संयन्त्रको अवस्था हेरेर धेरै प्रश्न उठ्न थालेको छ । सरकारले पहिले नै किन यी सबै कुराको प्रयास गरेन ? भन्ने नै पहिलो प्रश्न हो । आइसियु क्षमता सहितको धेरै अस्पताललाई किन यसभन्दा अगाडी नै तयार नपारिएको भन्ने प्रश्नले सरकारलाई वाक्क बनाइसकेको छ ।
चीनमा मानिसहरू आफैलाई परीक्षण गरेर औषधी खरिदको अवसर दिइएको छ । भिटामिन र फ्लु जन्य औषधीको अभाव देखिन थालेको छ ।
संसारका धेरै देश पहिले नै यो बाटोमा गए पनि चीनले आनाकानी गर्नुका कारण बारे धेरैलाई अन्योल थपेको छ । जनजीवनको स्तर र आर्थिक अवस्था खस्किनुका बाबजुद सरकारले किन जिरो कोभिडको रटान नत्यागेको भन्ने एउटा गम्भीर प्रश्न उठेको हो । राष्ट्रपति सीले किन देशको नागरिकको जन स्तर र अर्थतन्त्र ध्वस्त नभएसम्म जिरो कोभिड नछाडेको भन्ने प्रश्न गर्दै उनीमाथि ओला उठाउनेको जमात प्रत्येक दिन बढिरहेको छ ।
अन्य देश भ्याक्सिन वितरणमा धेरै अघि बढ्दा चीन किन पछाडि भन्ने एउटा गम्भीर प्रश्न अहिले उठ्न थालेको छ । जिरो कोभिडबाट पछि हट्ने बित्तिकै चिनिया अधिकारीले नयाँ स्ट्रेन कम घातक भएका कारण सबै खुला गरिएको जिकिर गरी रहेका छन् । सरकारी अधिकारीले अन्य विकल्प पनि अघि नसारेको भने पक्कै होइन । आम नागरिकलाई वेभ चार्ट मार्फत आफ्ना कुरा राख्ने अधिकार समेत दिइएको छ ।
त्यो उद्देश्य सरल र सामान्य नै हो । तर, सरकारले राखेको जस्तो प्रभावकारी ढङ्गले काम गरेको जस्तो भने देखिँदैन । यी थुप्रै प्रश्नको बिचमा अबको दुई महिना चीनको जनजीवन अझ बढी कठिन बन्ने कुरामा विमति हुनै सक्दैन । यस बिचमा लाखौँ मानिसहरू बिरामी हुने छन् भन् मृतकको सङ्ख्या थपिने छ । अहिले जत्ति समस्या आए पनि पुरानो नीति व्यवहारिक नभएको भने सबैभन्दा साँचो हो ।
एकै पटक खुल्दा अस्पतालमा मात्र होइन घरमा बस्नेका लागि पनि अन्य धेरै समस्या भने अहिले थपिएका छन् । मानिसहरू इबु प्रोफिन, जाडोको औषधी र कोभिड परीक्षणको सामग्री धेरै मात्रामा किन्न चाहन्छन् । धेरै कुराको खरिद अहिले असामान्य बनी रहेको छ । कागती जस्ता कुराको समेत अभाव सुरु हुन थालेको छ । ट्र्याक र ट्रेस गर्ने नियममा खुला गरिएसँगै अहिले चीनमा मानिसहरू आफैलाई परीक्षण गरेर औषधी खरिदको अवसर दिइएको छ ।
भिटामिन र फ्लुजन्य औषधीको अभाव देखिन थालेको छ । सामान्य औषधीजन्य पदार्थको मागमा ३०० प्रतिशत सम्मले बढेको छ । कागतीको अभावमा कागती फ्लेभरको चिया, मिठाइ पानीको माग बढेको छ । जिरो कोभिड नीतिबाट धेरै पछि आएको चीनको यो समस्या अबको दुई महिना अझ कठिन हुने छ । सुरुमै भ्याक्सिनमा व्यापक ध्यान नदिइएका असर चीनले अहिले भोगी रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं