कर्णाली प्रदेश दुर्गम हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालबाट वञ्चित हुम्ला मुगु जिल्लासँग सडकमा जोडिएको हो ।
बेलायत सरकारको सहयोगमा निर्माण भएको मुगुको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ ।
गमगढीदेखि हुम्ला गाउँपालिका देउलीसम्मको ६७ किमी सडक १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार लगानीमा निर्माण भएको हो ।
२०१८ अक्टोबरबाट निर्माण कार्य थालनी भई हालै सम्पन्न भएको उक्त सडक बुधबार नेपाल सरकारले कर्णाली प्रदेश सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।
सत्यपाटी संवाददाता । हुम्ला