सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पहाडमा आंशिक बदली, तराईमा हुस्सु

पछिल्लो केही हप्तायता नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जसका कारण वर्षा र हिमपात भएको छैन ।

आज बिहान तराई भूभागको केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ०६:५२