सूचनाको शक्ति - The Power Of Information

        

‘प्रदेशका कुनै पनि बस्ती विकट हुने छैनन्’ : मुख्यमन्त्री पोखरेल


बाँके । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले ५ नं. प्रदेशभित्रका कुनै पनि बस्तीहरु बिकट नहुने बताएका छन् । बाँकेको राप्तिसोनारी गाउँपालिकाको फत्तेपुरमा रहेको सिद्धेश्वर माध्यामिक बिद्यालयको स्वर्ण जयन्तीको अबसरमा बोल्दै मुख्य मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
उनले प्रदेश नं. ५ का सबै बस्ती र टोलमा विद्युत यातायात र टेलिफोन सेवा पुर्याउन प्रदेश सरकार कटिबद्ध रहेको आश्वासन दिए । यहाँका हरेक जनताहरु अब राज्यबाट पाउने कुनै पनि सेवा सुविधाबाट बञ्चित नहुने उनले बताए ।
सडक नभएका स्थानमा तत्काल सडक बिजुली नभएका स्थानमा तत्काल बिजुली, शिक्षा र स्वास्थ्यका लागी तत्कालै पहल गरिने उनले बताए । मुख्यमन्त्री पोखरेलले बाँकेको बघौडा क्षेत्रमा राप्ती नदीबाट हुने कटान, पटान र डुवानको समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताए ।
उनले यस खालका समस्यालाई समाधान गर्नका लागी प्रदेश सरकारले बर्खाको पानीलाई जम्मा गरेर राख्ने जललाशाय युक्त आयोजना नौमुरे जलाशाय युक्त आयोजना निर्माण गर्ने अठोट गरेको बताए । नौमुरे जलाशाय युक्त आयोजना निर्माणपछि धेरै जनताका समस्याहरु समाधान हुने मुख्यमन्त्री पोखरेलको बिश्वास छ ।
उनले ५ नं. प्रदेशका १२ जिल्ला मध्ये १० जिल्ला निरक्षरता उन्मूलन जिल्ला घोषणा गरिएको बताउँदै सुगम मानिएका जिल्ला कपिलबस्तु र बाँके जिल्ला भन्नु पर्दा आफुलाई निकै दुख लाग्ने गरेको बताए । अन्य क्षेत्रको लगानी भन्दा शिक्षाको लगानी कहिलै खेर नजाने बताउँदै पोखरेलले हरेक अभिभावकहरुले आफना सन्तालाई शिक्षामा लगानी गर्नका लागी अनुरोध समेत गरे ।
सोही अवसरमा मुख्यमन्त्री पोखरेलले बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रको पनि अनुगमन गरेका थिए । मन्त्री पोखरेललाई सो क्षेत्रका बासिन्दाले नरैनापुर क्षेत्रमा छोटी भन्सारको ब्यवस्था गर्न र नेपालगन्जसम्म पुग्ने स्थायी सडक निर्माणमा पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आइतवार ०८:३४