अफ्रिकी मुलुक जाम्बियामा २७ वटा बेवारिसे शव फेला परेका छन ।
राजधानी लुसाकादेखि उत्तरमा पर्ने ग्वेरेर्रे क्षेत्रको सडक छेउ २७ वटा शव अलपत्र फालिएको अवस्थामा फेला परेका हुन् ।
ती लास इथियोपियाबाट आएका आप्रवासीको हुन सक्ने र उनीहरुको ट्रान्जिटमा निस्सासिएर मृत्यु भएको हुनु सक्ने प्रहरीको अनुमान छ ।
शपसँगै एक जना भने श्वास फेर्न सक्ने अवस्थामा भेटिएपछि उनलाई तत्काल स्थानीय अस्पतालमा लगिएको छ । दक्षिण अफ्रिकातर्फ जाने अधिकांश आप्रवासीका लागि जाम्बिया ट्रान्जिट प्वाइन्ट बन्ने गरेको छ ।
फेला परेका शवहरु २० देखि ३८ वर्ष उमेर समूहका रहेका छन् । उनीहरूका साथ भेटिएका कागजातबाट तिनीहरू इथियोपियाली नागरिक हुनुपर्ने अनुमान गरिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ