सूचनाको शक्ति - The Power Of Information

        

बंगलादेशमा सरकार विरोधी प्रदर्शन चर्किदै

बंगलादेशमा सरकार विरोधी प्रदर्शन चर्किदै गएको छ ।

प्रधानमन्त्री शेख हसीना वाजेदको राजीनामा, संसद बिघटन र स्वतन्त्र निर्वाचनको मागसहित विरोध प्रदर्शन भएको हो ।

बंगलादेशको विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टी बीएनपीका लाखौं समर्थकरुले राजधानी ढाका लगाएतका शहरमा गरेको प्रदर्शनमा नयाँ निर्वाचनको माग गदै प्रधानमन्त्री वाजेदको सरकार विरुद्ध चर्को नारा लगाएका छन् ।

इन्धनको मुल्य वृद्धि र बिजुली कटौतीको विरुद्धमा उनीहरुले देशभर यसअघि पनि प्रर्दशन गर्दै आएकोमा अहिलेको प्रदर्शनमा २ लाख बढीको सहभागिता रहेको छ ।

शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा सयौंको सख्यामा प्रहरी परिचालन गरिएको छ । यसअघिको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा बीएनपीका दुई जना नेतासहित दुई हजार प्रदर्शनारीहरु पक्राउ परिसकेका छन् ।

जसका कारण आक्रोशित बनेका प्रदर्शनकारीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतवार ०९:२८