सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा सदस्य निर्वाचन

सातै दलले बुझाए समानुपातिकबाट सांसद बन्नेहरुको नाम (नामसहित)

राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा रहेका उम्मेदवारबाट सांसद बन्नेहरुको नाम छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् ।

नेकपा (एमाले) ले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७, जनता समाजवादी पार्टी (जसपा) ले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीन जना पुरुष र २९ जना महिलाको सूची आयोगमा बुझाएको छ ।

कांग्रसले बुझाएका नामहरुमा डा. प्रकाशशरण महत, विमलेन्द्र निधि, जीवन परियार, अम्बिका बस्नेत, सरिता प्रसाई, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की, सरस्वती बजिमय, लीलादेवी बाखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापा मगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ, रेनुका काउचा, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, शान्ति विक, रूपा विक, सीता मिजार, जावेदा खातुन, कल्पना चौधरी र बिनाकुमारी थने रहेका छन् ।

यसैगरि, एमालेले २२ महिला र १२ पुरुषको नाम समानुपातिक सांसदका लागि पठाएको छ ।

एमालेबाट पठाईएका नाममा देवीप्रसाद भट्टचन, रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, इश्वरी घर्ती, रेणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनिता बराल, आश्माकुमारी चौधरी, शान्ति चौधरी, ईश्वरबहादुर रिजाल, प्रभू हजारा पाशवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिनी राना बराइली, हर्कमाया विश्वकर्मा, गंगाप्रसाद यादव, अमृत राजवंशी, विना देवी, अमृतादेवी अग्रहरी, प्रतिक्षा तिवारी मुखिया र सराज अहमद फारुकी रहेका छन् ।

यस्तै, माओवादी केन्द्रबाट समानुपातिक सांसद बन्नेहरुमा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपा सोसी चौधरी, रणेन्द्र वराली, सुशिला श्रीपाली, मिना यादव, उमरावती देवी यादव र कल्पना मियाँ रहेका छन् ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना, सुमना श्रेष्ठ, डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनीता कठायत, सन्तोष परियार, शिव नेपाली, लक्ष्मी तिवारी, मनिष झा, अशोककुमार चौधरी र असिम शाह सांसद बन्ने भएका छन् ।

राप्रपाबाट पशुपति शमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस भएको छ भने ​जसपाबाट प्रकाश अधिकारी, सहनाज रहमान, सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस गरिएको छ । त्यसैगरी जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटाको नाम आयोगमा पठाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतवार ०८:१०