सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाले पशुपतिशमशेरसहित क-कसलाई बनायो समानुपातिक सांसद?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर जबरासहित ७ जनालाई प्रतिनिधि सभा समानुपातिक सांसद चयन गरेको छ।

शनिबार बसेको राप्रपाको कार्यसम्पादन समिति बैठकले जबरासहित ७ जनालाई प्रतिनिधि सभातर्फ सांसद बनाउने निर्णय गरेको हो।

जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा, बीना जयसवाल र अनिसा नेपालीलाई राप्रपाले समानुपातिक सांसद बनाएको छ। यो सूची राप्रपाले शनिबार अपरान्ह निर्वाचन आयोगमा पेश गरिसकेको छ।

राप्रपाले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा पनि ७ सिट नै जितेको थियो। अब प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद हुनेछन्। २०७४ मा राप्रपाबाट राजेन्द्र लिङ्देन मात्रै प्रतिनिधि सभा सांसद थिए।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतवार ०७:३९