सूचनाको शक्ति - The Power Of Information

        

थप ५ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी नौ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १४ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५१ जनामा झरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार २०:४८