सूचनाको शक्ति - The Power Of Information

        

शर्त राख्दै नागरिक उन्मुक्ति पार्टीले गर्‍याे सरकारमा सहभागी हुने निर्णय

नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने बताएको छ ।

आज अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।

पार्टीका नेता चौंधरीलगायतलाई जेलबाट रिहाई गरे आफूहरु सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिनुभयो ।

पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार २०:४५