सूचनाको शक्ति - The Power Of Information

        

‘बिहेअघिको सेक्सलाई अब नेपाली समाजले स्वीकार्नुपर्छ’

स्पष्ट विचार, स्मार्ट स्टाइल र बौद्धिकताकी धनी भएकैं कारण माल्भिकाले आफ्नो क्षेत्रमा दरिलो ठाउँ बनाइसकेकी छिन् । नेपाली समाजमा उनलाई र बैंकर रविना देशराजलाई एउटैं स्थानमा राखेर ब्याख्या गर्ने गरिएको छ ।

नेपाली समाजमा उनीहरु जस्तैं धेरैं नारीहरुको उदय भइरहेको छ । विशेष गरेर नेपाली समाजले गलत्त मान्ने गरेको यौनसम्बन्ध र अन्य सामाजिक विषयहरुमा आफ्नो स्पष्ट धारणा राख्न सक्ने भएका हुनाले पनि सुब्बाजस्ता महिलाहरुको चर्चा समयसमयमा हुने गर्दछ ।

उनले सामाजिक विषयहरु धेरैंमा आफ्नो असहमति भएको कुरा जनाउँदैं आएकी छिन् । नेपालमा विवाह भन्दा पहिले गरिने यौनसम्बन्धलाई गलत्त मान्ने गरिएको छ । तर, नेपालमा पछिल्लो समय बढ्दैं गएको पश्चिमा संस्कृतिले गर्दा नेपालमा पनि यसको नक्कल गरिन थालिएको छ ।

अहिले शहरी क्षेत्रहरुमा विवाह भन्दा पहिले परिवारको सहमतिमा नैं ‘लिभिङ टुगेदर’ जस्ता कुराहरुमा युवायुवतीहरु बस्ने गरेका छन् । नेपालमा यसको प्रभाव कहाँसम्म छ भने अहिले नेपाली जनताका बीचमा चर्चामा रहेका पत्रकार रबि लामिछानेले पनि अवैध सम्बन्धबाट एक सन्तान जन्माएका छन् ।

उनले अमेरिकामा रहँदा एक युवतीसँग सम्बन्ध राखेर विवाहपूर्व नै सन्तान जन्माएको कुरा स्वीकार गरेका छन् । नेपाली समाजमा यसको प्रभाव हरेक दिन बाक्लो बन्दै गएको छ । नेपाली समाजमा विवाहभन्दा पहिले यौन सम्बन्ध राख्नुलाई व्यक्तिको चरित्रसँग जोडेर हेर्ने गरिएको छ ।

यस विषयमा पूर्व मिस नेपाल सुब्बाको धारणा भने अलिक फरक रहेको छ । उनका अनुसार, शारीरिक सम्बन्ध र चरित्र फरक विषयहरु हुन् । शारीरिक सम्बन्ध चाहनेहरु चरित्रहीन हुन्छन् भन्ने हुँदैन । कोही ब्रम्हचारी नै छ भने पनि त्यो व्यक्ति उच्च नैतिकवान भएको ठोकुवा गर्न सकिँदैन ।

यदी दुईले शारीरिक सम्बन्ध राख्छन् अनि अरुले उनीहरुलाई ‘क्यारेक्टरलेस’ भन्छन् भने पनि त्यो बेकार हो । यौन सम्पर्कजस्तो विषयलाई कुनै पनि व्यक्तिको चरित्रसँग जोडेर हेर्न नहुने सुब्बाको तर्क रहेको छ । एक फरक प्रशंगमा सुब्बाले सम्बन्धलाई दिगो र टिकाउ बनाउनको लागि अहिलेको युवा पुस्तालाई सल्लाह दिएकी छिन् ।

मानिसहरु धेरैं आशा लिएर सम्बन्धमा बाँधिने र पुरा नहुँदासम्म मनमुटाव हुने उनको तर्क रहेको छ । उनले भनिन, ‘धेरैजना समाजको डरले पनि सँगै बस्नुभएको छ । सँगै बस्दैमा खुसी मिल्छ भन्ने होइन । राम्रो अन्तरक्रिया र समयसँगै परिवर्तन हुने सोच र इच्छा भयो भने मिल्दो रहेछ । समयअनुसार परिवर्तन हुन नसक्दा पनि मनोमुटाव हुन्छ ।’

मान्छे समयानुकुल हुन सक्यो र भावनालाई बुझ्न सक्यो भने सम्बन्धमा दरार नआउँने सुब्बाको तर्क रहेको छ । ‘लिभिङ टुगेदर रिलेसनले बैधानिकता पाउनुपर्यो,’ पूर्व मिस नेपाल सुब्बाले समलिंगी विवाहका अत्तिरिक्त ‘लिभिङ टुगेदर रिलेसन’ले पनि बैधानिकता पाउनुपर्ने बताइन् ।

‘अहिलेको मुल विषय भनेको ‘समानता छ हुँदैछ, तर, कानुनीरुपमा विवाह वा समलिंगी सम्बन्धले वा लिभिङ टुगेदर रिलेसनले बैधानिकता पाएको छैन,’ सुब्बाले भनिन्, ‘वृद्ध कालमा साथ र सहयोगका लागि पनि सम्बन्धले बैधानिकता पाउनुपर्यो, विवाह गर्न चाहनेले बैधानिकता पाउनुपर्यो । हैन कोही विवाह गर्न चाहदैनन् भने ‘लिभिङ टुगेदर रिलेसन’ले पनि बैधानिकता पाउनुपर्यो ।’

उनले कानुनमा त्यसलाई के गर्न सकिन्छ भनेर स्पष्ट पार्न नीति निर्माताहरुले सोच्नुपर्ने बताइन् । हिमालय टेलिभिनजमा सञ्चालन गरेको टेलिभिजन श्रृंखला जीवन साथीमा समलिंगी जोडिहरुलाई ल्याइसकेको भन्दै उनले आफू समलिंगी तेस्रोलिंगीका विषय मिडिया र अन्य माध्यमबाट उठाउनेक्रम जारी राख्ने बताइन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १६:५२