सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंबाट दिल्ली उड्नै लागेको जहाजमा यात्रु बिरामी परेपछि…

बिहीबार साँझ काठमाडौंबाट नयाँ दिल्ली उड्नै लागेको इन्डिगो एयरको जहाजमा एक यात्रु आकस्मिक बिरामी परेसँगै यात्रुलाई ‘अनबोर्ड’ गर्नु परेको छ ।

जसका कारण ट्याक्सी-वेबाट धावनमार्ग नजिकै पुगेको जहाजलाई पुन पार्किङ एरियामै फर्काउनु परेको थियो । जसका कारण जहाज निर्धारित समय भन्दा आधा घण्टा ढिला मात्र दिल्ली उडेको छ ।

बिरामी यात्रुलाई एम्बुलेन्सबाट अस्पताल पठाएपछि जहाज ४ः४५ मा काठमाडौंबाट दिल्ली उडेको विमानस्थल कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार जहाज ट्याक्सी वे ‘इको प्वाइन्ट’ नजिकै पुगेको थियो ।

सोही अवस्थामा यात्रुलाई अनबोर्ड गनुपर्ने अवस्था आएपछि जहाज ट्याक्सीवे हुँदै फर्काइएको स्रोतको भनाई छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १९:५३