बाँकेस्थित राप्ती नदीमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।
राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको शनिबार नदी तर्ने क्रममा बेवता भएका थिए । उनीहरूको शव आइतबार बिहान ९ बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामप्रसाद घर्तीका अनुसार नदीमा बेपत्ता भएका दुवै जनाको शव आज फेला परेको हो । शवलाई पोस्टमर्टमका लागि भेरी अस्पताल नेपालगन्जमा पठाइएको उनले बताए ।
सत्यपाटी संवाददाता । बाँके