दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले तत्काल राजीनामा नदिने बताएका छन् ।
भ्रष्टाचारको आरोप लागेका उनको राजीनामा माग भएपछि उनले यस्तो बताएका हुन् । उनले आफूले गलत नगरेको भन्दै राजीनामा नदिने बताएका हुन् ।
उनले राजीनामा नगरी आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका छन् । राष्ट्रपति रामाफोसाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको खबरमा उनले राष्ट्रपति पदबाट राजीनामा नगरी आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएको उल्लेख गरिएको छ ।
रामाफोसामाथि भ्रष्टाचारको आरोप लागेपछि त्यहाँको सत्ता गठबन्धनका दलले यो विषयमा छलफल सुरु गरेका छन्।
सत्यपाटी संवाददाता । काठमाडौँ