सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम पूर्वानुमान : मुलुकको मौसम सफा

मुलुकमा मौसम उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अुनसार उच्च पहाडी भूभागका केही स्थानमा आंशिक बदली छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १ तथा गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ ।

बुधबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ०७:१४