सूचनाको शक्ति - The Power Of Information

        

कोरोना बिमाबापतको दाबी भुक्तानी आगामी मंगलबारबाट सुरु हुने

कोरोना बिमाबापतको दाबी भुक्तानी आगामी मंगलबारबाट सुरु हुने भएको छ ।

बिमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडलले लामो समयदेखि भुक्तानी हुन नसकेको कोरोना बिमाको दाबी भुक्तानी मंगलबारबाट गर्न लागिएको बताए ।

सरकारले दिएको एक अर्ब रुपैयाँमा थप ८१ करोड रुपैयाँ थपेर भुक्तानी गर्न लागिएको निर्देशक पौडेलले जानकारी दिए । उनले नेपाल पुनर्बिमा कम्पनीको रकम नआए पनि अब दाबी भुक्तानी नरोकिने बताए ।

बिमा समितिको तथ्यांकअनुसार कोरोना बिमामा १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको छ । हालसम्म कोरोना बिमा पुलमार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बिमा कम्पनीबाट १ अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १८:०१