बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुर्य ढकालले मतान्तर झनै बढाएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकलाई २४९३ मतान्तरले पछाडी परेका हुन् ।
एमालेका सुर्य ढकालले १६०१२ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका गहतराजले १३५१९ मत ल्याएका छन् ।
यसैगरी नागरिक उन्मुक्ती पार्टीका सुरेशकुमार चौधरीले ८२०० र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबाबु काफ्लेले ४८९३ मत ल्याएका छन् ।
सत्यपाटी संवाददाता । बाँके