सूचनाको शक्ति - The Power Of Information

        

सप्तरी २ मा सीके राउत भारी मतले विजयी, जसपाका अध्यक्ष यादव पराजित

OLYMPUS DIGITAL CAMERA

सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी हुनुभएको छ ।

केहीबेर अघि सकिएको मतगणनाको परिणाम अनुसार राउत ३५ हजार ४२ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । राउतका निकतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका उपेन्द्र यादवले १६ हजार ९६९ मत प्राप्त गर्नुभएको छ ।

यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी हुनुभएको हो । योसँगै राउत पहिलो पटक प्रतिनिधि सभामा प्रवेश गर्नुहुने भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १७:४२