सूचनाको शक्ति - The Power Of Information

        

रुकुम पूर्वबाट माओवादी केन्द्रका घर्ती विजयी

रुकुम पूर्वबाट नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नु भएका मगरले नेकपा एमालेका कैलाशकुमार मल्ललाई परापजत गर्नुभएको हो ।

मगरले १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ५ हजार २२१ मत प्राप्त भएको थियो ।

मगरले मल्ललाई ७ हजार ४१ मतान्तरले हराउनु भएको हो । यस्तै प्रदेश तर्फ भने प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार सरुल पुन र २ मा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर केसी विजयी हुनुभएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १७:३०