सूचनाको शक्ति - The Power Of Information

        

बर्दिया २ बाट प्रतिनिधि सभामा रेशम चौधरीका बाबु लालबीर बिजयी

बर्दिया प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार लालबीर चौधरी बिजयी हुनु भएको छ ।

स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका चौधरीले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्तलाई १ सय ३६ मतको अन्तरमा परापजित गर्दे बिजयी हुनु भएको हो ।

बर्दिया क्षेत्र नम्बर २ मा ९२ हजार ४ सय १९ मत खसेकोमा चौधरीले २६ हजार ५२०मत प्राप्त गर्नु भएको थियो । उहाँका निकतम् प्रतिद्वन्दी माओबादी केन्द्रका उम्मेदवार पन्तले २६ हजार ३८४ मत प्राप्त गर्नु भएको थियो ।

लालबीर डिल्लीबजार कारागारमा जेल जीवन विताई रहेका रेशमलाल चौधरीको बुवा हुनुहुन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १७:१५