बाँके क्षेत्र नम्बर ३ को जारी मतगणनामा नेपाली कांग्रेसका सह महामन्त्री किशोर सिंह राठौरले अग्रता कायमै राखेका छन् । उनले नेकपा एमालेका किस्मत कक्षपतिलाई १७९ मतको अन्तरले पछि पारेका छन् ।
तर उनको मत अन्तर भने यसअघिको भन्दा घटेको छ । सुरुआतमा कक्षपतिले अग्रता लिएका पनि बैजनाथ गाउँपालिकाको वडाहरुको मतगणना भैरहदा किशोर अगाडी आउन सफल भएका थिए ।
२७ हजार मत गणना गर्दा सम्म राठौरले ९६३९, कक्षपतिले ९४६० मत पाएका छन् । यसैगरी तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले ३५३६ मत प्राप्त गरेका छन् । बाँके क्षेत्र नम्बर ३ मा ७४२१३ अर्थात ६५.६६३ प्रतिसत मत खसेको छ ।
यसैगरी बाँके क्षेत्र नम्बर ३ (१)मा रत्न खत्रीले आफनो अग्रता बढाउँदै लगेका छन् । करिब १० हजार मत गणना गर्न बाँकी रहेको अवस्थामा रत्नले १७४१ मतको अग्रता कायम गरेका छन् भने उनकालाई पछयाइरहेका स्वतन्त्र उम्मेदवार दल बहादुर सुनारले ८५१४ मत पाएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारुले आफनो मत बढाउँदै ८०४२ र माओवादी केन्द्र आइपी खरेलले १०२४ मत प्राप्त गरेका छन् । बाँके क्षेत्र नम्बर ३(१)मा ४०२४८ मत खसेको थियो ।
सत्यपाटी संवाददाता । बाँके