आइतबार भएको निर्वाचनको १३८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । यस्तै ५ निर्वाचन क्षेत्रको मत मतगणना सम्पन्न भइसकेको छ । जसमा ४ स्थानमा कांग्रेस विजयी भएको छ भने एमालेले एक स्थानमा विजयी भएको छ ।
मंगलबार ११ बजेसम्मको मतपरिणामअनुसार कांग्रेसले ४५ स्थानमा अग्रता बनाएको छ । यस्तै एमालेले ३९, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११, स्वतन्त्र उम्मेदवारले ७ र एकीकृत समाजवादी पार्टीसहितका दलहरुले २३ स्थानमा अग्रता बनाएका छन् ।
कांग्रेसको कहाँ कहाँ अग्रता ?
अध्यावधिक विवरणअनुसार काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । यसैगरी मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ विजयी भएका छन् । यसैगरी कांग्रेसका ४६ उम्मेदवारले अग्रता बनाएको विवरण यसप्रकार छ ।
डम्बरबहादुर खड्का–इलाम २
सुरेन्द्रराज आचार्य–कपिलवस्तु २
अभिषेक प्रताप शाह–कपिलवस्तु ३
प्रदीप पौडेल–काठमाडौं ५
राजेन्द्रकुमार केसी–काठमाडौं १०
शिवप्रसाद हुमागाई–काभ्रे २
विश्वप्रकाश शर्मा–झापा १
शेरबहादुर देउवा–डडेलधुरा
रामचन्द्र पौडेल–तनहुँ १
शंकर भण्डारी–तनहुँ २
दीपक गिरी–दाङ ३
दिलेन्द्र प्रसाद बडू–बैतडी
दिक्पाल कुमार शाही–दैलेख २
रामनाथ अधिकारी–धादिङ २
शशांक कोइराला–नवलपुर १
विष्णु कुमार कार्की–नवलपुर १
अर्जुन नरसिंह केसी–नुवाकोट २
अर्जुन प्रसाद जोशी–पर्वत
पुष्प बहादुर शाह–अछाम २
अजय कुमार चौरसिया–पर्सा २
रमेश रिजाल–पर्सा ४
भीष्मराज आङदेम्वे–पाँचथर
किशोरसिंह राठोर–बाँके ३
दुर्लभ थापा क्षेत्री–भक्तपुर २
महालक्ष्मी उपाध्याय (डिना)–मकवानपुर १
सुनिलकुमार शर्मा–मोरङ ३
डा शेखर कोइराला–मोरङ ६
खमबहादुर गर्बुजा–म्याग्दी
मोहन आचार्य–रसुवा
पूर्णबहादुर तमाङ्ग–रामेछाप
बालकृष्ण खाँण–रुपन्देही
देवप्रसाद तिमलसेना–रौतहट ४
उदयशमशेर राणा–ललितपुर १
दिनेशकुमार यादव–सप्तरी ३
तेजुलाल चौधरी–सप्तरी ४
मोहनबहादुर बस्नेत–सिन्धुपाल्चोक २
चित्रलेखा यादव–सिरहा २
डा नारायण खड्का–उदयपुर १
रामहरि खतिवडा–ओखलढुंगा
नारायण प्रकाश (एनपी) साउद–कञ्चनपुर २
रमेश लेखक–कञ्चनपुर ३
ज्ञानेन्द्र बहादुर कार्की–सुनसरी ४
हृदयराम थानी–सुर्खेत २
राजु थापा–स्याङ्जा १
एमालेको कहाँ कहाँ अग्रता ?
प्रतिनिधि सभाका १६५ मध्ये १४३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपा एमालेले हालसम्मको मत गणनामा एक निर्वाचन क्षेत्रमा जित निकालेको छ । ललितपुर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुँदा ३८ स्थानमा अन्य उम्मेदवारले अग्रता लिएका छन् ।
ललितपुर २ मा महर्जन १५ हजार २५ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी सुदिन शाक्यले ८८८६ मत प्राप्त गरेका थिए । मतगण्नामा अग्रता लिएका एमाले उम्मेदवारहरूमा पाँचथर १ मा पुर्वमन्त्री समेत रहेका वसन्तकुमार नेम्वाङ, सिन्धुपाल्चोकमा सरेश नेपाल, इलाममा महेश बस्नेत, सर्लाही ३ मा हरिप्रसाद उप्रेती रहेका छन् ।
नेम्वाङका निकटतम प्रतिस्पर्धी कांग्रेसका भीष्मराज आङदेम्बे, नेपालका माधव सापकोटा, बस्नेतका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल र उप्रेतीसँग माओवादी केन्द्रका नरेन्द्र साह कलवार छन् । यसैगरी सिराहा ३ मा लिलानाथ श्रेष्ठले अग्रता लिएका छन् । यहाँ माओवादी केन्द्रका विश्वनाथ साह श्रेष्ठसँग प्रतिसपर्धा गरिरहेका छन् । त्यस्तै सिन्धुलीमा एमालेका प्रदिपकुमार कटुवाल क्षेत्रीले अग्रता बनाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धीका रुपमा कांग्रेसका श्याम कुमार घिमिरे रहेक छन् । त्यस्तै बैतडीमा दामोदर भण्डारी, मकवानपुरमा महेश वर्तौला, बाँके १ सुर्यप्रसाद ढकाल, गुल्मी २ मा गोकर्ण विष्ट, कञ्चनपुर १ मा तारा लामा तामाङ, चितवन २ मा कृष्णभक्त पोखरेल, पाल्पा २ मा ठाकुर गैरेले अग्रता लिएका छन् ।
त्यस्तै झापा ४ मा लालप्रसाद साँवा लिम्बु, नुवाकोट १ मा बद्री मैनाली, धनुषा २ मा उमाशंकर अरगरिया, अर्घाखाँचीमा टोपबहादुर रायमाझी रुपन्देही १ मा छविलाल विश्वकर्मा, धनुषा ३ मा जुलीकुमारी महतो, वारा १ मा अच्युत प्रसाद मैनाली, उदयपुर २ मा अम्वर बहादुर रायमाझीले अग्रता लिएका छन् ।
त्यस्तै बारा ३ मा ज्वालाकुमारी साह, धनकुटामा राजेन्द्र कुमार राई, मोरङ १ मा घनश्याम खतिवडा, दैलेख १ मा रविन्द्रराज शर्मा, मोरङ २ मा ऋषिकेश पोखरेल, कपिलवस्तु १ मा बलराम अधिकारीले अग्रता लिएका छन् ।
पर्सा ३ मा राजकुमार गुप्ता, सिराहा १ मा रामशंकर यादव, कैलाली ४ मा लेखराज भट्ट, झापा ५ मा केपी शर्मा ओली लमजुङमा पृथ्वी सुव्वा गुरुङले अग्रता लिएका छन् । एमाले उम्मेदवारले अग्रता लिएका धेरै स्थानमा कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यी स्थानमा स्वतन्त्र उम्मेदवारको अग्रता
आइतबार भएको निर्वाचनको मतगणनामा देशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । बर्दिया २ मा लालवीर चौधरीले अग्रता बनाएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुन् ।
रेशमको सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी खारेज भएपछि लालवीरलाई उन्मुक्तिले समर्थन गरेको थियो । यसैगरी महात्तरी ३ मा रामआधार कापर, मोरङ ५ मा योगेन्द्र मण्डल, रौतहट २ मा किरण कुमार साह, रातहट ३ मा प्रभु साह, सर्लाही १ मा मानबहादुर खड्का र सर्लाही ४ मा अमरेश कुमार सिंहको अग्रता छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको कहाँ अग्रता ?
यसैगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । मंगलबार अध्यावधिक मतपरिणाम विवरणअनुसार सो पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले अग्रता बनाएका हुन् ।
जसअनुसार काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ४ मा विराज भक्त श्रेष्ठ, कास्की २ मा माधव प्रसाद कंडेल, कास्की ३ मा योग राज पौडेल, चितवन १ मा हरि ढकाल, नवलपरासी १ मा महेन्द्र सेन (ठकुरी), रुपन्देही २ मा गणेश पौडेल, ललितपुर ३ मा तोसिमा कार्की, सुनसरी १ मा गोमा तामाङ, सुनसरी २ मा लाल बिक्रम थापा र सुनसरी ३ मा कमल बाबु मैनालीको अग्रता छ ।
माओवादीको कहाँ कहाँ अग्रता ?
माओवादी केन्द्रले उम्मेदवारी दिएका ३९ सिटमा मतगणना हुँदा रूकुम पूर्वमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले १ हजार ६२९ का साथ अग्रस्थानमा छन् । यस्तै रुकुम पश्चिममा जनार्दन शर्मा अगाडि छन् । सर्लाही–२ मा माओवादी केन्द्रका महिन्द्र राय अगाडि छन् भने बाग्लुङ २ मा देवेन्द्र पौडेलले अग्रता लिएका छन् ।
यस्तै सिन्धुली–२ लेख नाथ दाहाल, खोटाङमा रामकुमार राई, भोजपुरमा सुदन किराती, महोत्तरी–१ मा गिरिराजमणि पोखरेल, मोरङ–४ मा अमनलाल मोदी, रोल्पामा वर्षमान पुन, दाङ–२ मा रेखा शर्मा, गोरखा–२ मा प्रचण्ड, जाजरकोटमा शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ हालसम्म ७ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहित ७ उम्मेदवारले अग्रता कायम गरेकामा ६ स्थानमा आफ्नै पुरानो पार्टी नेकपा एमालेले पछ्याइरहेको छ भने एक स्थानमा स्वतन्त्र उमेदवारले समाजवादीलाई पछ्याइरहेको छ ।
अध्यक्ष नेपालले रौतहत–१ बाट अग्रता कायम गरिरहेका छन् । यस्तै, बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका राजेन्द्र पाण्डेले धादिङ १ बाट लिड गरिहेका छन् । यस्तै, सल्यान १ बाट प्रकाश ज्वाला, अछाम १ डोटी १ बाट प्रेमबहादुर आलेले अग्रता बनाएका छन् । यस्तै लोसपा, नेमकिपालगायतका साना पार्टीले पनि केही स्थानमा अग्रता बनाएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं