सूचनाको शक्ति - The Power Of Information

        

केपी ओली दोब्बर मतले अगाडि

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता लिएका छन् ।

६ हजार २१५ मत गणना हँदा ओलीले ३ हजार २१२ मत पाइसकेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले १ हजार ५२३ मत पाएका छन् ।

ओलीले दोब्बर बढी मतले अग्रता लिएका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १८:१५