देशभर ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ ।
आयोगले अपेक्षाभन्दा कम मतदान भएको पनि उल्लेख गरेको छ । आयोगले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको आयुक्त थपलियाले जनाएका छन् ।
उत्साहजनक रुपमा मतदान भए पनि प्रारम्भीक तथ्यांक अनुसार ६१ प्रतिशत खसेको बताउँदै कम खस्नुको कारणबारे केलाउन नसकिएको उनले नसकेको बताए ।
‘कारण केलाउन सकेका छैनौं । दिउँसोसम्म १०–११ प्रतिशतभन्दा कम मत खसेको थियो । प्रदेश १ मा कम खसेको अन्यत्रभन्दा कम खस्यो,’ आयुक्त थपलियाले भने ।
१५ स्थानमा मतदान स्थगन भएको र ६१ प्रतिशतभन्दा बढी मत खस्न सक्ने जानकारी दिए । १–२ प्रतिशत तथ्यांक बढ्न सक्ने बताए । आयोगले निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद समेत दिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं