सूचनाको शक्ति - The Power Of Information

        

कपिलवस्तुमा किरियापुत्रीद्वारा मतदान

कपिलवस्तुको निर्वाचन क्षेत्र नं. ३ मा किरियापुत्रीले मतदान गरेका छन् । शिवराज नगरपालिका–९ शिवगढी रहेको शिवगढी आधारभूत विद्यालय बिजगौरी मतदान केन्द्रमा तीन जना किरियापुत्रीले मतदान गरेका हुन् ।

बुवा फिर्ते गिरीको निधनको शोकमा किरिया बसेका छोराहरु दुर्गा, सूर्या र श्रीमती उमा गिरीले मतदान गरेका छन् । एक मतले सक्षम व्यक्ती हार्न सक्ने भएकोले दुःखद घडीमा पनि मतदानमा सहभागी भएको सूर्याले बताए । फिर्ते गिरीको दुईदिन अघि निधन भएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १९:३८