सूचनाको शक्ति - The Power Of Information

        

मतदान केन्द्र अपांगतामैत्री नहुँदा समस्या

पूर्वी नवलपरासी कावासोती–६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छन् । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताइन् । शारीरिकरुपमा अशक्त पनि ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्ले बताइन् ।

कावासोती–६ विष्णुनगरको जनता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसालिन् । कावासोतीकै गोमता भूर्तेल पनि शारीरिकरुपमा अशक्त छन् । उनी पनि ‘ह्विलचियर’ प्रयोग गछिन् । तर गत स्थानीय तहको निर्वाचनमा मतदानस्थल अपाङ्गमैत्री नहुँदा उनलाई मत खसाल्न गाह्रो भयो ।

देवचुली–१५ कि ८८ वर्षे ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्छन् । उनले मताधिकारको सहजताका लागि अपाङ्गतामैत्री मतदान केन्द्र हुनुपर्ने बताइन् । समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपाङ्ग व्यक्तिहरुलाई असहजता हुने उनको भनाइ छ ।

कावासोतीका दलबहादुर पाण्डे दृष्टिविहीन छन् । उनी अरुको सहायतामा नभइ आफैँ मत हाल्न मन छ । त्यो व्यवस्था अहिले नभएकाले त्यो सम्भव भएन । प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उनको तर्क छ । देशभर कुल मतदातामध्ये दुई प्रतिशत अर्थात् करिब तीन लाख ६० हजार अपाङ्गता भएका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १५:२५