सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

प्रदेशका २९ मत संघतिर खसेपछि कोहलपुरमा विवाद

प्रदेशको मत संघको बाकसमा खसाएका ती २९ जनालाई फेरि भोट हाल्न बोलाइएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१० स्थित हाई स्कुल मतदान केन्द्रमा प्रदेशसभाको मत संघमा खसाइएपछि विवाद भएको छ ।

उक्त केन्द्रका मतदान अधिकृत प्रकाश अधिकारीले हस्ताक्षर गरेर दिएका प्रदेशका २९ वटा मत संघतिर गएपछि विवाद भएको हो ।

एकातिरको मत अर्कातिर गएपछि त्यहाँ खटिएका दलका प्रतिनिधिले धाँधली आरोप लगाएका छन् । त्यसपछि मतदान अधिकृत अधिकारीले गल्ती स्वीकार्दै प्रदेशको मत संघमा खसाएका २९ जनालाई फेरि मतदान अवसर दिएका छन् ।

मतदान अधिकृत अधिकारीले प्रदेशको मत संघको बाकसमा खसाएका ती २९ जनालाई फेरि भोट हाल्न बोलाइएको छ । मतदान अधिकृत अधिकारीले कोहलपुर वडा नं. १० को हाई स्कुल ‘ख’ बुथका २९ जनालाई फेरि मतदानका लागि बोलाएका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १३:३५