सूचनाको शक्ति - The Power Of Information

        

सर्लाहीमा गए राति झडप हुँदा एक जनाको ज्यान गयो

सर्लाहीको गोडैता नगरपालिका–६ मा गए राति भएको झडपमा एक जनाको ज्यान गएको छ । अरु चार जना घाइते भएका छन् ।

गएराति १० बजेतिर दुई पक्षबीच झडप हुँदा ढुङ्गा हानाहान भएको थियो । ढुङ्गा हानाहान हुँदा लागेर घाइते भएका स्थानीय बासिन्दा ६५ वर्षका रामकेबल रायको ज्यान गएको सर्लाहीका डीएसपी विजय श्रेष्ठले जानकारी दिनुभएको छ ।

घाइते भएका अन्य चार जनामध्ये एक जनाको जनकपुर र तीन जनाको सर्लाहीमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार ०९:०३