सूचनाको शक्ति - The Power Of Information

        

ट्विटरका सबै कार्यालय अस्थायी रूपमा बन्द

ट्विटरले आफ्ना सबै कार्यालय अस्थायी रूपमा बन्द गरेको छ ।

कम्पनीका कार्यालय भवनहरू अस्थायी रूपमा बन्द हुने जानकारी ट्विटरले कर्मचारीलाई गराएको छ । आउँदो २१ तारिख अर्थात् ५ गतेसम्म कार्यालयहरु बन्द हुने  ट्विटरले जनाएको छ ।

२१ तारिखमा मात्रै कार्यालय खुल्ने खबरमा उल्लेख छ । तर ट्विटरले कार्यालय बन्द गर्नुको कारण खुलाएको छैन ।

ट्विटरका नयाँ मालिक एलन मस्कले लामो समय काम गर्नका लागि तयार रहन वा छोड्न आदेश दिएपछि ठूलो सङ्ख्यामा कर्मचारीले राजीनामा दिइरहेका बेला ट्विटरले कार्यालय बन्द गरेको हो ।

मस्क मालिक बनेदेखि ट्विटर विवादमा पर्दै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार ०९:१२