सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेको आमसभामा दीपाश्रीदेखि किरण केसीसम्म

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको नारायणी नदी किनारमा आमसभा गरेको छ ।

जहाँ कलाकारहरु दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, रचना रिमाल, किरण केसीलगायत सहभागी भएका छन् ।

चितवनतर्फ जाँदै अभिनेता शर्माले लेखेका छन्, ‘परिवर्तनका लागि घण्टी बजाउन हामी चितवन ओर्लिएका छौं । यसपालि भोट युवाहरुलाई ।’

प्रदीप खड्काले दिए पुकार बमलाई शुभकामना

‘प्रेमगीत’ अभिनेता प्रदीप खडका र निर्माता सन्तोष सेनले काठमाडौ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई शुभकामना दिएका छन् ।

बिहीबार उनीहरुले बमलाई भेटेर पुराना दलहरुमा देखिएको सिन्डिकेट र मिलिभगतले जनतालाई चरम निराशा दिएको बताएका छन् । ‘यो चंगुलबाट निकाल्नका लागि भरपर्दो विकल्प निर्माणमा काम गर्न पुकारजीलाई शुभकामना छ,’ प्रदीपले भने ।

भेटमा खड्काले समाजमा देखिएको भ्रष्टाचार र बेथिति अन्त्यको लागि भूमिका खेल्न सुझाए । निर्माता सेनले कलाकारले समाजमा सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने बताए ।

उम्मेदवार बमले ‘प्रेमगीत ३’लाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा प्रदीप र सन्तोषको टिमले खेलेको भूमिकाको लागि धन्यवाद दिएका थिए ।

बमलाई अभिनेता राजेश हमाल, दयाहाङ राई र अभिनेत्री दीपाश्री निरौला लगायतले समर्थन गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १७:४२