सूचनाको शक्ति - The Power Of Information

        

आम निर्वाचन : एक करोड ८८ लाख ७९ हजार ५७० मतदाता

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी लगभग पूरा भएको जनाएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरी निर्वाचनको तयारी लगभग पूरा भएको जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘निर्वाचनको तयारी लगभग पूरा भएको छ ।’ उनका अनुसार यस निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८९२ मतदानस्थलबाट मतदान गर्नसक्ने छन् । उनले १४१ अस्थायी मतदान केन्द्र रहेको र करिब ४ लाख ५० हजार मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको बताए ।

त्यस्तै उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ । प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ ।

साथै आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ । निर्वाचनका लागि दुई लाख ४६ हजार ९६० कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगिसकेको आयोगले जनाएको छ । अब दुई दिनभित्र देशभरका मतदान केन्द्र निर्माण गरिसक्न आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १६:४४