सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलको मूल्य बढ्यो, डिजेल घट्यो

पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपैयाँ १६ पैसा बढेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको मूल्य बढेर र डिजेलको घटेर आएको निगमले जनाएको छ । डिजेलको मूल्य भने प्रतिलिटरमा एक रुपैयाँ ३० पैसा घटेर आएको निगमले जनाएको छ ।

यो नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७६ पैसा नाफा हुने अनुमान गरिएको छ । अघिल्लो पटक पेट्रोलमा १३ रुपैयाँ ९२ पैसा नाफा थियो । यस्तै डिजेलमा यसअघि १२ रुपैयाँ १३ पैसा घाटामा रहेकाले अझै डिजेलमा प्रतिलिटर १० रुपैयाँ ८३ रुपैयाँ घाटा रहने निगमले जनाएको छ ।

निगमका वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले निगम अहिले ब्रेक इभन (न नाफा न घाटा)को अवस्थामा रहेको जानकारी दिए । आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०९:५१