सूचनाको शक्ति - The Power Of Information

        

‘धेरै पटक बच्चा फाल्न लगायो, मैले गर्भ तुहाइरहे (भिडियो)

‘मेरो महिनावारी रोकिनै हुँदैन्थ्यो । उस्ले मलाई बच्चा नराख्ने भन्दै दबाईको एउटा गोली खानुपर्ने ठाउँमा धेरै नै गोली खुवाउँथ्यो । जसले गर्दा मेरो धेरै रगत बगेर म बेहोस् पनि भएको थिएँ ।

मैले उसँग एक वर्षसँगै बस्दाको समयमा धेरैपटक आफ्नो पेटमा आएको बच्चालाई फालेको छु । धेरै पटक बच्चा फालेकै कारणले म अहिले निकै नै कमजोर भएको छु । यो मार्मिक भनाई हो, बाँके शम्शेरगन्जकी आशा विकको ।

उमेरले जम्मा २० वर्षमा लागेकी आशाको यो भनाई सुन्दा जो कसैको पनि मन भक्कानिन सक्छ । उनले कुनै परपुरुषसँग लागेर बच्चा फेलेकी हैनन् । उनले आफ्नै श्रीमानको बच्चा पनि जन्माउन पाइनन् । उनको भनाई अनुसार उनले अन्तरजातिय बिबाह गरेको हुनाले श्रीमानले बच्चा राख्न नमानेका हुन् रे ।

आशाले करण खत्री नाम गरेका युवासँग प्रेम विबाह गरेकी थिइन् । उनीहरुको भेट एउट मेलामा भएको थियो । त्यो भेटले नै आशा र करणलाई श्रीमान श्रीमतीका रुपमा एक बनायो । उनले आशालाई श्रीमती बनाई सक्दापनि श्रीमतीको जस्तो व्यवहार नगरेको गुनासो आशाले गरिन् ।

तर आशाले करणबाट विबाह पूर्व जुन सुन्दर र सानो संसारको परिकल्पना गरेकी थिइन् त्यो भने एउटा श्रीमानबाट पाउनुपर्ने माया, साथ र समर्थन भने पाइनन् । जातिय विभेदकै कारण उनी आफ्नै श्रीमानबाट मायाको जालमा लपेटिँदै आफ्नै सन्तानलाई गर्भमै तुहाइरहिन् । करणलाई आशाको जात पहिला नै थाहा थियो ।

उनले आशालाई श्रीमती बनाई सक्दा पनि श्रीमतीको जस्तो व्यवहार नगरेको गुनासो आशाले गरिन् । आशा आफैमा एक शिक्षित युवती हुन् । तर पनि उनी किन श्रीमानबाटै पीडित हुनुपर्यो ? त्यो पनि जातिय विभेदको विषयमा । आशाको भनाई अनुसार करण उत्तम समयको पर्खाईमा थिए ।

उनले परिवारले स्वीकार गरेपछि मात्र बच्चा बनाउने कुरा आशालाई सुनाउँदै बच्चा नबनाउने योजना बताइरहे । आशाको महिनावारी रोकिना साथ करणले उनलाई बच्चा नराख्न भन्दै बच्चा फाल्नको लागि औषधीको प्रयोग गर्न भन्थे । अहिले भने करण र उनको परिवारले आशालाई राम्रो व्यवहार गर्दैनन् ।

हेर्नुस् भिडियो :

भिडियो कपुरबोट टिभी

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार ०९:०४