सूचनाको शक्ति - The Power Of Information

        

दुई कराेडकाे एफपिअाे निष्काशन हुँदै

काठमाडौं : नेपाल बैंकले एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गर्ने भएको छ । बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई एफपिओ निष्कासनका लागि धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले प्रिमियम मूल्यमा उक्त सेयर निष्कासन गर्ने जनाएकाे छ। अहिलेसम्म कति मूल्य भन्ने तय भईसकेको छैन । बैंक संचालक समितिको बैठकले गत चैतमा प्रस्ताव गरेको थियो भने फागुन २५ गते सम्पन्न ५८ औं वार्षिक साधारणसभाले एफपिओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

याे बैंकमा सरकारको सेयर स्वामित्व ६२ प्रतिशत छ । एफपिओ जारी गरि नेपाल सरकारको स्वामित्व ५१ प्रतिशत कायम हुनेछ । एफपिओ मार्फत सरकारको सेयर स्वामित्व घटाउन लागिएको बताइएकाे छ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ०४:५०