सूचनाको शक्ति - The Power Of Information

        

दिनभर ब्रा लगाउँदा हुने साइड–इफेक्ट

चौबीसै घण्टा सम्म ब्रा लगाईराख्नु स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाउनाले
छालाले श्वास फेर्न पाउँदैन, जसले गर्दा अनेक प्रकारका स्वास्थ्य समस्या देखिन्छ । त्यसैले अफिस या
बाहिर जाने बेलामा मात्र ब्राको प्रयोग गर्ने र घरमा हुँदा ब्रा नलगाउँदा राम्रो हुन्छ ।
दिनभर ब्रा लगाउँदा हुने साइड–इफेक्ट

१. स्तनमा पीडा हुने
जो महिला दिनभर ब्रा लगाई राख्छन् उनीमा अन्यको तुलनामा स्तनमा बढी पीडा हुन्छ । विशेष गरी त्यो
महिलाहरुमा यस्तो समस्या हुन्छ जसले साइजको ब्रा लगाउँदिनन् ।

२. रक्तसञ्चारमा समस्या
चौबीसै घण्टा ब्रा लगाई राख्नाले रक्तसञ्चारमा पनि अवरोध पुग्छ । धेरै कसिलो ब्रा भए स्तनका तन्तुहरू
पनि नष्ट हुने खतरा हुन्छ ।

३.पिठ्यूँ दुख्ने
तपाईमा पिठ्यु दुख्ने समस्या छ भने त्यसको कारण ब्रा हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाइ राख्नु हुन्छ भने
पिठ्यूँ दुख्ने समस्याले सताउने गर्छ । विशेषगरी त्यो महिलामा यो समस्या देखिन्छ जो सानो साईज र धेरै
टाइट ब्रा लगाउँछन् ।

४. छालामा समस्या
चौबीसै घण्टा ब्रा लगाउनाले छालाको समस्या पनि हुन सक्छ । चिलाउने, जलन, असहज हुनु ।

५. रातो बिमिरा आउने ९हाइपरपिग्मेन्टेशन०
धेरै समयसम्म ब्रा लगाउने महिलामा अत्यधिक मात्रामा रातो बिमिरा आउने खतरा रहन्छ ।

६. फंगस फैलिने आंशका
चौबीसै घण्टा ब्रा लगाइ राख्नाले शरीरमा मोइस्चर बन्छ । जसले गर्दा फंगस फैलिने आशंका बढेर जान्छ ।
(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ०४:४४