सूचनाको शक्ति - The Power Of Information

        

हिउँ चितुवाको तस्वीर पहिले कसले खिचेको ? खुल्यो रहस्य

अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको ५ हजार मिटरमाथि खिचेको हिउँ चितुवाको फोटो धेरै चर्चित भयो । नेपालको हिउँ चितुवाको फोटो खिच्न पनि विदेशी नै आउनुपर्ने आशयका थुप्रै टिप्पणी सामाजिक सञ्जालमा देखिए । सञ्चारमाध्यमले पनि निक्कै प्राथमकिताको साथ फोटोहरू प्रस्तुत गरे ।

नेपालस्थित अमेरिकी दुतावासले पावलोभ्स्कीका फोटो सेयर गरेपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल नै भएका थिए । योभन्दा अगाडि नै नेपालीले हिम चितुवाको सुन्दर फोटोहरू खिचेको पाइएको छ । मनाङको ४६०० मिटर उचाइमा नेपाली फोटो पत्रकार चुङ्बा शेर्पा र टासी आर घलेले खिचेको हिम चितुवाको फोटो यतिखेर सामाजिक सञ्जालमा देखिन थालेको छ ।

मनाङको ४६०० मिटरको उचाइमा शेर्पाले १६ दिन लगाएर खिचेको फोटो पत्रकार यज्ञशले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । अमेरिकी फोटो पत्रकारले हिम चितुवाको निकै राम्रो फोटो खिचेकै हुन्, त्यसमा दुई मत छैन । र, उनीहरूले प्रयोग गर्ने इक्विपमेन्ट, पाउने एक्सपोजर र पैसाको पनि कुरा छोडदिउँ हाम्रोमा तुलना हुँदैन । तर, नेपालका फोटो पत्रकारले के खिच्छन् ? भनेर खिसिट्युरी पारामा आएका कमेन्ट देख्दा अचम्म लाग्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्

पत्रकार यज्ञशले थप लेखेका छन्, ‘यो हिम चितुवाको फोटो नेपाली फोटो पत्रकार चुङ्बा शेर्पाले खिचेका हुन् । उनले मनाङमा ४६०० मिटर उचाइमा १६ दिनको यात्रा गरेर यो फोटो खिचेका हुन् । उनले नै हालै नेपालमा रहेको जंगली याकको फोटो पनि खिचेका छन् ।’ नेपालीले खिचेको हिउँ चितुवाको तस्बिर झनै प्रष्ट र आकर्षक देखिन्छ । निक्कै नजिकबाट जोखिम मोलेरै फोटो खिचेको देख्न सकिन्छ ।

त्यस्तै रोशन तिवारी नामका फेसबुक प्रयोगकर्ता रोशन तिवारीले घलेले फोटो खिच्न पत्रकार नै हुनुपर्दैन भन्दै विदशीलाई महान र नेपाललाई हेयको दृष्टिले नहेर्न आग्रह गरेका छन् । ‘अमेरिकीले हिम चितुवाको फोटो नेपाल आएर खिच्यो । यता नेपाली, नेपाली पत्रकार चाहिं कुन्नि केमा ब्यस्त भन्दै हरेक चिजलाई नेपालीसित जोडेर होच्याउने फेसबुके दिमाख सट्केका हो, ल हेर, नेपालीपनि कम छैनन् । हिम चितुवाकै फोटो हो यो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले फेसबुकमा अगाडी थप लेखेका छन्, ‘टासी आर घलेले खिचेको । दिमाख अलिकति बाहिरी संसार, किताब, रिपोर्ट पढ्न लगाउन नसकेपनि, अलि आँखाको स्टेरिङसम्म घुमाउ फेसबूकमै भएपनि । देखिन्छ ! फोटो खिच्न पत्रकार नै हुनुपर्दैन । जसले खिचेर देखाए पनि हुन्छ, समस्या के हो भने नी, तिम्रा दिमाखले अमेरिकी, बेलायती, जापानी र अन्य बिदेशीको काम महान ठान्छ । नेपालीको हेयले हेर्छ !’ पत्रकार प्रशान्त लामिछानेले पनि नेपालीले खिचेका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

तस्वीरहरू : टासी घले, चुङ्बा शेर्पा र कितिया पावलोभ्स्की

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतवार १७:१०